नवौ राष्ट्रिय खेलकुद: पुरुष तर्फको कबड्डी खेल अवरुद्व
पाेखरा | कात्तिक २, २०७९
पोखरा । पोखरामा जारी नवौ खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको कबड्डी खेल अवरुद्व भएको छ ।
आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएकोे पुरुष तर्फको कबड्डी खेलमा रेफ्रीको निर्णयमा असमती जनाउदै गण्डकीका खेलाडीले मैदान छोड्न नमाने पछि खेल अवरुद्व भएको हो ।
गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच भएको खेलमा गण्डकीका खेलाडीले असमती जनाउँदै मैदान छोड्न मानेका छैनन् । निर्धारित समय भन्दा अगाडि नै खेल समापन भएपछी रेफ्रीको निर्णयमा असमती जनाएको गण्डकी खेलाडिले बताए ।
जसका कारण पुरुष तर्फको खेल सन्चालन हुन सकेको छैन, भने महिला तर्फको खेल जारी छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

